काठमाडौ, १२ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तो बनेको वताउनु भएको छ ।
सभापति देउवाले उक्त कुरा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बताउनुभएको हो ।
सभापति देउवाले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँग बढी दुःख लागेको छ भन्दै आफूलाई १४९ सांसदको प्रधानमन्त्रीमा समर्थन सहितको हस्ताक्षर पेश गर्दा पनि सोको कार्यान्वयन नगरेको आरोप लगाउनुभयो ।
उहाँले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको र आफूलाई प्रधानमन्त्री बनाउन आदेश हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले ओलीलाई जवाफ दिदै भन्नुभयो सर्वोच्च अदालतले प्रधानमन्त्री बनाउने भनेको होइन । संविधानको व्याख्या गर्ने हो भनेको हो । उहाँले राष्ट्रपतिले राती संसद विघटन गरेकोमा पनि आपत्ति जनाउनुभयो।
उहाँले भन्नुभयो ओली संविधानवादी लोकतन्त्रवादी केही होइन उनी मनपरी गर्ने अधिनायकवादी हुन्। संविधानमा लेखेको राष्ट्रपतिले नमानेपछि अदालत गएको हो । संविधानको अन्तिम ब्याख्या सर्वोच्चले गर्ने हो ।
संविधाननको रक्षा गर्न नसक्ने राष्ट्रपतिले ओलीको कार्यकर्ता भएर काम गरेको बताउनुभयो ।
‘राष्ट्रपतिले संविधान उल्लंघन गरेकाले आफूहरु सो सच्याउन अदालत गएको भन्दै अदालतले संविधानमा लेखे अनुसार निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
