नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले हामीले उठाएको आवाज पदका लागि नभएर यो लोकतान्त्रिक आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतन्त्र, देश र जनताको रक्षाका लागि, संविधान र संघीयता जोगाउनका लागि उब्जिएको आवाज हो भन्नुभएको छ ।
उहाँले उक्त कुरा आज संसद् भवन नयाँ बानेश्वरमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा वताउनुभएको हो ।
सो अवसरमा उहाँले केपी ओली ठीक बाटोमा फर्खिने कुरामा आफूलाई विश्वास नभएको भन्दै म प्रष्ट छु, बालुवा पेलेर तेल निस्कनेवाला छैन ।
तपाई प्रधानमन्त्री पद पाएपछि गठबन्धनबाट बाहिरिने हो कि भन्ने पत्रकारहरुको प्रश्नमा नेता नेपालले मलाई प्रधानमन्त्रीको अफर आइसक्यो । तर म धोका दिने मान्छे हैन भन्दै भन्नुभयो आफूहरुले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिनेवाला छैनौ ।
अहिलेको संघर्ष प्रधानमन्त्री पदका लागि मात्रै नभएको चर्चा समेत उहाँँले स्पष्ट पार्नुभयो ।
उहाँले ओलीको खराब प्रवृत्तिबाट आफु, राजनीतिक पार्टी देश र जनता हैरान भइसकेकाले यो लडाई ओली प्रवृत्तिको विरुद्धको हो भन्नुभयो ।
