काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री वालेन्द्र शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिने भएका छन् ।
जवकी संसदमा नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने व्यवस्था छ ।
प्रधानमन्त्री सचिवालय र अर्थमन्त्री र संसद् सचिवालयका एक अधिकारीको सचिवालयका स्रोतका अनुसार नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शाहको सट्टा अर्थमन्त्री वाग्लेले दिने भएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सो क्रम चलिरहदा प्रधानमन्त्री हठात संसदबाट वाहिरिएका थिए ।
