काठमाडौं, १५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई वटा अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय वमोजिम सो सिफारिस गरेको हो ।
राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरिएको छ ।
‘राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्बाट दुई अध्यादेश सिफारिस भएको र सो अध्ययन भइरहेको छ ।
यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गर्नुभएको थियो ।
तर, सरकारले वीचमा वैशाख १० गते अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गर्नुभएको थियो ।
