काठमाडौं, ३१ जेठ । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस अघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ । सोमबार नेप्से परिसूचक ४२.७२ अंकले बढेर अधिकतम ३,०२५ विन्दुमा पुगेको हो ।कारोबार खुलेको पौने घण्टामा नेप्से परिसूचक ३०५० बिन्दुसम्म पुगेको थियो ।
आइतबार १९ अर्ब ५५ करोडको सेयर कारोबार भएको बजारमा सोमबार भने १८ करोड ८८ लाख रुपैयाँ बराबरको मात्रै सेयर किनबेच भएको छ । सोमबार २२१ कम्पनीको ३ करोड ५० लाख २७ हजार ३६३ कित्ता सेयर किनबेच भएको छ ।
आज बैंकिङ्ग, होटल तथा पर्यटन, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, लगानीका समूहहरुले कमाए भने व्यापार, विकास बैंक, हाइड्रो, माइक्रो फाइनान्स, म्युचुअल फण्ड लगायतका समूहले गुमाएका छन् ।
