पोखरा, २९ जेठ । ३१ सांसदको हस्ताक्षरसहितको पत्र बुझाइसक्नुभएका नेपाली कांग्रेस संसदीय दलका नेतालाई मुख्यमन्त्री नबनाई प्रदेश सभा विघटन गर्न लागिएको विरोधमा बहुमत सांसदहरुले प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना वसेका छन् ।

विश्वासको मत लिन असफल गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्रको सिको गर्दै मुख्यमन्त्रीमा पुनः दाबी गरेपछि उहाँहरुले धर्ना वेको हो ।

पूवै मुख्यमन्त्रीले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको आफूलाई समर्थन रहेको भन्दै दलको पत्रसहित सो दाबी गर्नुभएको हो ।

मुख्यमन्त्रीका दावेदार पोखरेलले ३१ जना सांसदलाई प्रदेश प्रमुखको कार्यालयमा उपस्थित गराई प्रदेश प्रमुखकै सामुन्ने सनाखतसमेत गरिसक्नुभएको छ ।

६० जना सदस्य रहेको प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका तीन, जनता समाजवादी पार्टीका दुई र एक स्वतन्त्र सांसद हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर