बुधबार, ७ आश्विन २०८३ (Wednesday 23 September 2026)
Ads Placement
ठगीको अभियोगमा चार जना पक्राउ
२०८२ माघ १३ गते मंगलवार, १५:३२ मा प्रकाशित
काठमाडौँ, १३ माघः प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार स्याङ्जा चापाकोट नगरपालिका–९ का ४४ वर्षीय कृष्ण कुँवर, मकवानपुर हेटौँडा उपमहानगरपालिका–६ की २६ वर्षीया मनिषा अधिकारी, गुल्मी रेसुङ्गा नगरपालिका–६ का ४८ वर्षीय भक्तप्रसाद मरासिनी तथा चितवन राप्ती नगरपालिका–३ घर भएका २७ वर्षीय सरल आचार्य पक्राउ परेका हुन् ।