काठमाडौँ, ३ पुस । नयाँ नेतृत्व चयन र सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै नेकपा ९एमाले० को ११औँ राष्ट्रिय महाधिवेशन आज सम्पन्न भएको छ ।

भक्तपुरको सल्लाघारीमा गत मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको बन्दसत्रको आज औपचारिक समापन भएको हो । सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले अन्तिम मत परिणाम घोषणा गर्नुभएको थियो ।

अन्तिम मत परिणाममा केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र २५÷२५ सदस्यीय केन्द्रीय अनुशासन आयोग र लेखा आयोगका पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । अध्यक्षमा निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा रहनुभएको थियो ।

आयोगका अध्यक्ष डा विजय सुब्बासमक्ष नवनिर्वाचित पार्टी अध्यक्ष ओलीले सपथ लिनुभयो भने अन्य पदाधिकारी तथा सदस्यलाई अध्यक्ष ओलीले सपथ गराउनुभयो ।
यसैगरी पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलाइएको छ ।

शुक्रबार दिउँसो १ः०० बजे बैठक बोलाइएको एमाले नवनिर्वाचित सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बबरमहलस्थित कार्की ब्याङ्केटमा बस्नेछ ।

आज सम्पन्न एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर