गलकोट (बागलुङ), २२ मङ्सिरः बागलुङमा १९ बालबालिका एचआइभी सङ्क्रमित भएको पाइएको छ ।
जिल्लामा पहिचान र नियमित औषधि सेवन गर्ने २१५ सङ्क्रमितमध्ये १९ बालबालिका रहेको पाइएको छ ।
स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार बागलुङमा १९ बालबालिकासहित २१५ जना संक्रमित नियमित औषधी सेवन गरिरहेका छन् । स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माका अनुसार गत आर्थिक वर्षमा १० जना संक्रमित थपिएका थिए भने चालु आर्थिक वर्षमा सात जना संक्रमित थप भइसकेका छन् ।
