२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको सरकारले प्रदेशसभामा विश्वासको मत प्राप्त   छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा  भट्टले  विश्वासको मत दिन आग्रह गर्नु भएको थियो ।

प्रदेशसभामा भएको मत विभाजनमा मुख्यमन्त्रीको पक्षमा ३० मत प्राप्त भयो भने विपक्षमा ९ मत पर्यो । यस्तै १२ सांसद मतदान प्रक्रियामा सहभागी भएनन् ।

प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिएका छन् ।

५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका २ जनाले विपक्षमा मतदान गरे । नेपाली कांग्रेसका १२ जना सांसद मतदान प्रक्रियामा सहभागी भएनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर