काठमाडौ, २४ कात्तिक । हिजोको तुलनामा आज नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ ।

कारोबारको सुरुवातीमा बडेको नेप्से पछि ओरालो लागेर न्यूनतम २५४४ अंकसम्म झर्‍यो । अघिल्लो दिन नेप्से ३० अंक घटेको थियो ।

९१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ११ को स्थिर रह्यो । होटल तथा पर्यटन समूह १.६४ प्रतिशत बढ्यो । त्यस्तै व्यापार ०.५५ रलगानी ०.१० प्रतिशत बढे । यीबाहेक सबै समूहका सूचक घटेका छन् ।

कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ४ अर्ब ९० करोडको कारोबार भएकोमा आज ४ अर्ब ५१ करोडमा सीमित भयो ।

बैंकिङ ०.६०, विकास बैंक ०.६३, फाइनान्स ०.७५, हाइड्रोपावर ०.१०, जीवन बीमा ०.२६, उत्पादन तथा प्रशोधन ०.३०, माइक्रोफाइनान्स ०.०८, निर्जीवन बीमा ०.४१ तथा अन्य ०.२९ प्रतिशत घटे ।

पाँच कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत मूल्य बढेका कम्पनीमा दरामखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी, माबिलुङ इनर्जी र सिटी होटल छन् । सिटीबाहेक अरु हालै सूचीकृत भएका नयाँ कम्पनी हुन् ।

त्यस्तै उन्नति सहकार्य लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । रुरु जलविद्युतको ८.४५, धौलागिरी लघुवित्तको ५.६६ तथा उपकार लघुवित्तको ५.६३ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, युनियन हाइड्रोपावर, सिद्धार्थ बैंक डिबेन्चर २०८९, राधि विद्युत् र शिवम् सिमेन्ट छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर