
गोरखा, २३ जेठ । यहाँस्थित गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण गरिएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिँदै निषेधाज्ञाका बीच स्वास्थ्य मापदण्डको पालना गरी गोरखनाथलाई रोट चढाइएको हो ।गोरखनाथ पृथ्वीमा पहिलो पटक गोरखाको पवित्रस्थल गोरखगुफामा प्रकट भएको धार्मिक मान्यता छ ।
मन्दिरमा दैनिक रोट चढाउने प्रचलन रहेपनि गएको १८ बर्षदेखि यसलाई महोत्सवकै रुपमा समेत अगाडि बढाइँदै आएको आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिनुभयो ।
तत्कालीन नेपाल एकीकरणका समयमा सेनाहरूलाई प्रसादका रुपमा एउटा रोट र एक माना पानी खुवाएपछि भोक नलाग्ने र लामो समयसम्म लडाइ लड्न सकेको भन्ने भनाइ यहाँको शिलालेखमा पाइन्छ । ‘एक प्रकारको खाद्य वस्तुका रूपमा रहेको रोट गुरु गोरखनाथलाई मनपर्ने परिकार हो’,। रोट भुङ्ग्रे र तावा गरी दुई प्रकारका हुने जनाइएको छ । ‘चामलको पिठोमा नरिवल, ल्वाङ, अलैँची, चिनीलगायतका ५२ प्रकारका मसला मिसाएर घ्यूमा पकाइने वस्तुलाई रोट भनिन्छ ।’
उत्सव सम्बन्धित रोचक जानकारी
नेपालको गोरखा जिल्लामा एउटा गुफा रहेको छ जसको बारेमा भनिन्छ कि गुरु गोरखनाथले यहाँ तपस्या गरेका थिए, आज पनि उक्त गुफामा गुरु गोरखनाथको पदचिन्ह रहेको छ र उनको मूर्ति पनि छ। प्रत्येक वर्ष वैशाख पूर्णिमामा यस स्थानमा गुरु गोरखनाथको स्मृतिमा एउटा उत्सव आयोजना गरिन्छ जुन ठूलो उत्साहका साथ मनाइन्छ। यस चाडलाई “रोट उत्सव” भनेर चिनिन्छ। नेपालका राजा नरेन्द्र देव गुरु गोरखनाथका पनि महान भक्त थिए। उनले गोरखनाथबाट दीक्षा लिए र चेला बने।