काठमाडौं, १३ कात्तिक । आज नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। हिजो ५.१७ अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३४.२२ अंकले बढेर २६०० .३८ विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स १.२० प्रतिशतले बढेर ४५२.८१ विन्दुमा पुगेको छ।

यसदिन ३१९ स्क्रिप्सको २ करोड ६० लाख १० हजार ७१८ कित्ता सेयर ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २१६ स्टक्सको मूल्य बढ्दा २८ वटाको घटेको छ। ५ स्टक्सको मूल्य भने स्थिर रहेको छ।

आज दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस लघुवित्त वित्तिय संस्था र उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

सुपर मादी हाइड्रोपावरको सेयर ९.५४ प्रतिशतले बढ्दा गणपति लघुवित्त वित्तीय संस्थाको ९.४६ र पिपुल्स हाइड्रोपावरको ९.०८ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन बैंक प्रमोटर शीर्षस्थानमा रह्यो। सो बैंकको १ अर्ब ६६ करोड ५० लाख ६० हजार ६२२ रुपैयाँमा खरिदबिक्री भयो।

राधी विद्युतको ३७ करोडको कारोबार हुँदा नेपाल रिइन्स्योरेन्सको ३४ करोड,साहास उर्जा र बुटवल पावरको २०र२० करोड मूल्य बराबरको सेयर कारोबार भयो। म्युचुअल फण्डबाहेक अन्य समूहको उपसूचक सकारात्मक देखिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर