काठमाडौं, १९ जेठ । साताको कारोबारको चौथो दिन आज (बुधबार) नेप्से ५५.७६ अंकले बढेर २८ सय २७ दशमलव १२ उच्च विन्दुमा रोकिएको छ ।यस अघि सोमबार ४५ अंकले बजार घटेको थियो भने मंगलबार पनि दोहोरो अंकले घटेको थियो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ७.८३ प्रतिशतले बढेर ५०५ दशमलव १५ विन्दुमा पुगेको छ । नेप्से परिसुचक अनुसार आज २१९ कम्पनीको १ लाख १४ हजार २१६ पटक कारोबार भएर ११ अर्ब ३५ करोड १८ लाख १५ हजार ३५६ रुपैयाँ बराबरको २ करोड २६ लाख १३ हजार २९ कित्ता खरिद विक्रि भएको छ।
कारोबार रकममा पनि मंगलबारको तुलनामा सुधार देखिएको छ । मंगबलार ९ अर्ब भन्दा पनि कम भएकेमा बुधबार ११ अर्ब नाघेको छ ।
आज म्युर्चुअल फण्ड बाहेक अन्य १२ उपसमुहका नेप्से परिसुचक बढेका छन् ।
