काठमाडौँ, १७ जेठ । लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको रिक्त एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डे विजयी हुनुभएको छ ।
पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् । प्रदेशतर्फ १ र स्थानीय तर्फ २ मत बदर भएको छ ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको निर्वाचन कार्यालय दाङले जनाएको छ ।