काठमाडौँ, ९ जेठ । प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध रिट निवेदन सहित भोली विपक्षी पाँच राजनीतिक दलका नेता सर्वोच्च अदालत जाने भएका छन् ।
सो रिट निवेदन दिन आज जाने भनिएपनि समय अभावका भोली जाने निर्णय भएको कुरा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वताउनुभएको छ ।
उहाँले रिट निवेदन साँझसम्म तयार हुन्छ । भोलि फस्ट आवरमा हामी अदालत जान्छौं भन्नुभयो ।
राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै सोका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी पाँच राजनीतिक दलको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।
