काठमाडौँ, २३ कात्तिक ।  वैदिक दर्शनको ज्ञान विश्वभर फैलाउन नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नेमा जोड दिइएको छ ।

नेपाल महर्षि वैदिक फाउण्डेशनले बिहीबारदेखि राजधानीमा आयोजना गरेको वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलनका वक्ताले यसमा जोड दिएका हुन् । कार्यक्रममा क्वान्टम भौतिकशास्त्री डा जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताएका छन्। नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको अतिरुद्रि विराट महायज्ञमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै  उहाँले बताउनुभयो ।

‘योग र यज्ञका माध्यमबाट नेपालले विश्ववको नेतृत्व लिन सक्छ,’ कार्यक्रममा सम्बोधन गर्दै उहाँले ‘योग र यज्ञले समाजमा शान्ति स्थापना गर्छ। यी दुवै विषय स्वर्णयुगका उच्चतम प्रविधि हुन्। यीभन्दा शक्तिशाली विषय संसारमा कुनै पनि छैन।’

योग र यज्ञका माध्यमबाट नै नेपालले विश्वको नेतृत्व लिन सक्छ भन्ने महर्षि महेश योगीको दृष्टिकोण थियो। ५० वर्षअघि नेपाल आएका महर्षि महेश योगीले नेपालले संसारको नेतृत्व लिन सक्ने धारणा व्यक्त गरेका थिए। सोधही विषयलाई थप प्रकाश पार्दै डा हेगलिनले यसका रणनीति प्रस्तुत गरेका थिए। उनका अनुसार विश्वको नेतृत्व लिने नेपालका दुई वटा रणनीति; योग र यज्ञ भएको उल्लेख गरे।
स्वामी ज्ञानानन्द सरस्वतीले नेपाल योग, ध्यान र शान्तिको गुरु देश बन्नसक्ने भएकाले त्यसअनुरुप काम गर्नुपर्नेमा जोड दिनुभयो । यसका लागि नेपाललाई वैदिक राष्ट्र बनाउनुपर्नेमा उहाँको पनि जोड थियो ।

फाउण्डेशनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले कृषि, आवास आदि क्षेत्र सपार्नका लागि वैदिक ज्ञानले भनेअनुसारका कर्म गर्नुपर्नेमा उहाँको जोड थियो । शुक्रबार वैदिक कृषि र शनिबार वैदिक वास्तुका बारेमा महासम्मेलनमा छलफल गराइने उहाँले बताउनुभयो ।

कार्यक्रममा आचार्य राजन शर्मा ९भीमसेन सापकोटा०, आर्युवेदका चिकित्सक डा सरिता श्रेष्ठलगायतले नेपाललाई विश्वका देशको गुरु देश बनाउन सकिने भएकाले त्यसतर्फको यात्रामा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।

महासम्मेलनको आज कार्यक्रममा वैदिक कृषि र शनिबार वास्तुशास्त्रका बारेमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ । राजधानीको भृकुटीमण्डपमा विश्व कल्याणका लागि अतिरुद्र महायज्ञ बिहीबारदेखि सुरु भएको छ । फाउण्डेसनको आयोजनामा भएको कार्यक्रममा वैदिक विज्ञान र आधुनिक विज्ञानका बारेमा प्रस्तुतिसहितका कार्यक्रमका बारेमा छलफल भएको उहाँले बताउनुभयो ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर