कठमाडौ, २० वैशाख । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपतिले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गर्नु भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सो सिफारिस गरेको हो ।
वैठकले गण्डकी र सदूरपश्चिम प्रदेश प्रमुख क्रमशः अमिक शेरचन र शर्मिला पन्तलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो भने पौडेल र यादवलाई नयाँ प्रदेश प्रमुखमा नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर