काठमाण्डौं, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राजिनामा दिनुभएको छ । उहाँले आज आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवसमक्ष राजीनामा बुझाउनुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार उहाँको राजिनामा प्रदेश प्रमुखले स्वीकृत गरिसक्नु भएको छ । पोख्रेललाई अर्को व्यवस्था नभएसम्म मौजुदा मन्त्रिपरिषदको कार्यभार संचालन गर्न भनिएको छ ।

मुख्यमन्त्री पोख्रेल विरुद्ध यही बैशाख ६ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वास प्रस्ताव उपर आज बस्ने विशेष अधिवेशनमा छलफल हुने र भोलि मतदान गर्ने कार्यक्रम तय थियो  ।

यसअघि आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन लागेको थाहा पाएपछि मुख्यमन्त्री पोखेलले चलू नियमित अधिवेशन अकस्मात् अन्त्य गराउनुका साथै जनता सभाजवदी पार्टीका ४ जना सांसदलाई मन्त्री बनाएर आफूँतिर तान्नुभएको थियो ।

तर ती चारै जनालाई जसपा सांसद नै नरहने गरी पार्टीबाट हटाइदयो । उता आफ्नै पार्टीका कही सांसदलेसमेत साथ नदिने थाहा पाएछि आज उहाँले राजिनामा दिनुभएको हो ।

लुम्विनी प्रदेश सभामा नेकपा एमालेका ४१ सांसद छन् ।

माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार जना पार्टीको कारबाहीमा परेर सांसद नरहेपछि ८७ सांसद रहेको सो प्रदेशसभामा अहिले ८१ सांसद छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर