काठमाडौं, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिनुहुने भएको छ ।
उक्त कुरा सत्तापक्षका मुख्य सचेतक महेश बर्तौलाका जानकारी दिनुभएको हो ।
अध्यक्ष ओली संविधानको धारा ७६ (२) अनुसार ३० असारमा प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।
संविधानको धारा ७६ (४) अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आावश्यक छ । प्रधानमन्त्री ओलीलाई समर्थन प्राप्त संख्यालाई हेर्दा उहाँसँग दुई तिहाई बहुमत देखिएको छ ।
कांग्रेस (८८), एमाले (७९), जसपा (७) र लोसपा (४) सरकारमा सहभागी छन् भने जनमत, नागरिक उन्मुक्ति लगायतका दलले समर्थन गर्ने जनाएका छन् ।