काठमाण्डौं, ३१ असार । यस पटकको युरोकप फुटबलको उपाधि स्पेनले जित्यो । जर्मनीको बर्लिनमा गए राति भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २-१ ले पराजित गर्दै स्पेनले यो उपाधि जेतेको हो ।

यो समेत गरेर  स्पेनले चौथो पटक युरो कप जितेको छ । स्पेनले सन् १९६४ मा पहिलो पटक उपाधि जितेको थियो भने सन् २००८ र २०१२ मा लगातार युरोकप जितेको थियो ।

गए रातिको खेलमा स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । सबै गोल हाप टाइम पछि भएका थिए ।

हाप टाइमपछिको दुई मिनेटमै स्पेनका निको विलियम्सले गोल गर्दै आफ्नो देशलाई अग्रता दिलाएका थिए । त्यसको आधा घण्टा पुग्दा नपुग्दै ७३औं मिनेटमा कोल पाल्मरले इंग्ल्याण्डका लागि गोल फर्काए र खेल बराबरीमा हुन पुगेको थियो ।

लाग्थ्यो कि निकै प्रतिष्पर्धापूर्णको यो खेलको निर्धारित ९० मिनेटको समय बरबरीमै टुंगिन्छ । तर त्यसो भएन । ८६ औं मिनेटमा  स्पेनले गोल थप्यो । यो थप गोल स्पानिस खेलाडी ओयाबाजलले गोल  गरेका थिए । यही गोल निर्णायक बन्यो र स्पेनले खेल जित्यो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर