काठमाण्डौं, ३१ असार । यस बर्षको विम्बल्डन ओपनको उपाधि स्पेनका कार्लोस अल्काराजले जितेका छन् । हिजो आइतबार भएको फाइनल खेलमा  उनले नोभाक जोकोभिचलाई लगातार तीन सेट हराउँदै टेनिसको यो महत्वपूर्ण उपाधि चुमेका हुन् ।

२१ वर्षिय स्पानिस स्टार अल्काराजको यो चौथो ग्राण्डस्लाम टेनिस उपाधि हो ।

अल्कारेजले हिजोको फाईनलमा जोकोभिचलाई ६-२, ६-२, ७-६ (७-४) ले पराजित गर्दै लगातार दोस्रो पटक विम्बलडन जितेका हुन् ।

सर्बियाका जोकोभिचले विम्बल्डनको उपाधि ७ पटक जितेका छन् । यसपटक जितेर रोजर फेडेरर बराबर हुने उनको धोको पूरा भएन ।  फेडेररले आठ विम्बलडनको उपाधि ८ पटक जितेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर