काठमाडौँ, ९ असार । दक्षिण कोरियाका लागि राजदूत सिफारिस गरिएका सुशीलनाथ प्याकुरेलले उक्त पद अस्वीकार गर्नुभएको छ ।
प्रधानमन्त्रीलाई एक पत्र लेख्दै उहाँले उक्त सिफारिस फिर्ता लिइदिन आग्रह गर्नुभएको छ ।

उहाँलाई नेकपा एमालेको कोटाबाट राजदूतमा सिफारिस गरेको थियो।

उक्त पत्रमा उहाँले मन्त्रीपरिषदको असार ७ गतेको निर्णयले आफुलाई दक्षिण कोरियाको राजदूत पदमा नियुक्त गर्न सिफारिस गरेको विषय समाचारबाट थाहा भएको भनि उल्लेख गर्दै उक्त सिफारिस प्रति पनि कृतज्ञता व्यक्त गर्नुभएको छ । तर आफुलाई दक्षिण कोरियाको राजदूत पदमा सिफरिस गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्रीपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत नगरेको पनि पत्रमा उल्लेख गर्नुभएको छ ।

‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्टभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु,’ उहाँले अगाडि लेद्यनुभएको छ ।

उहाँले राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाइको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत फरक मत राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर