काठमाडौँ, १३ वैशाख । त्रिभुवन विश्वविद्यालयले आंगिक तथा संवन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु स्थगित गरेको छ ।
विश्वविद्यालयले एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको दोस्रो लहर बढेसँगै सो परीक्षा यथास्थितिमा संचालन गर्न नसकिने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरेको जनाएको छ ।
