काठमाडौ, १४ जेठ । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ।

अधिवक्ता अनुपम भट्टराईले आज रिट दायर गर्नुभएको हो ।

उहाँले रिटमा महान्यायाधिवक्ता कार्यालय, महान्यायाधिवक्ता दिनमणि पोखरेल र गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाउनुभएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र समेत खारेजीको माग उहाँले गर्नुभएको छ ।

पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धान प्रभावित हुने भएकाले पदबाट हटाउनुपर्ने निवेदकको माग हो । यसअघि उक्त रिट दरपिठ भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर