काठमाडौं, १३ जेठ। सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको वचत फिर्ता लगायतका विभिन्न माग राख्दै नेपाली कांग्रेसले आज यहाँ सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा गरिएको उक्त प्रदर्शनमा कांग्रेस नेता, कार्यकर्ता र विभिन्न भातृसंगठनहरुको सहभागिता छ ।
प्रदर्शनीमा सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन र गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न माग राखिएको छ।
प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्‍याली निकालेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर