काठमाडौँ, २६ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन परिस्थिति कसरी विकास हुन्छ भन्नेमा निर्भर रहन्छ भन्नुभएको छ ।

पार्टी कार्यालय वालकुमारीमा आज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष यादवले सो बताउनुभर्एको हो ।

पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भन्नुभयो– “आगामी दिनमा दिइने समर्थन सरकारकै व्यवहारमा भर पर्छ ।”

केही व्यक्तिगत स्वार्थ र महत्वकांक्षाले पार्टीलाई विभाजन गरेकोमा आपत्ति जनाउँनुहुँदै उहाले भन्नुभयो बहुमत सांसद र केन्द्रीय नेता आफ्नो पक्षमा रहेको छ ।
उहाँले आफू विदेश भएका बेला पार्टी विभाजन गरेको तथा निर्वाचन आयोगले पनि हतारमा दल दर्ताको प्रमाणपत्र दिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर