काठमाडौ, २५ वैशाख । दलहरू आ–आफ्नै अडानका कारण सभामुखले बोलाएको शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन भएको छ।

वैठक आज सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाइएको थियो ।

बैठकपछि बैठकबाट बाहिरिएका अधिकांश नेताले पुरानै अडान दोहोर्‍याएको वताएका छन्।

प्रमखु प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा उपप्रधान तथा गृहमन्त्री शंकाको घेरामा रहेकोले छानबिन बन्नुपर्ने पुरानै अडान दोहोर्‍याउनुभएको थियो ।

उहाँले ‘संसदीय छानबिन समिति बनाउनुपर्छ। प्रश्नैप्रश्नको घेरामा उभिनुभन्दा छानबिनलाई सहयोग गरेको राम्रो हुन्छ। राम्रो नेता प्रश्नले घेरिनुहुँदैन। संसद् अवरोध गर्ने नगर्ने कुरा सरकार कसरी प्रस्तुत हुन्छ भन्ने कुरामा भर पर्छ। अब आजको बैठकपछि सरकार समिति बनाएर अघि बढ्नुपर्छ भन्ने पक्षमा उभिन्छजस्तो लाग्छ।’

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको जग हल्लाउने राजनीतिक उद्देश्यबाट कांग्रेसले माग राखेकाले छानबिन समिति नबन्ने बताउनुभयो।

संसद्को अधिवेशन आगामी २८ वैशाखदेखि सुरु हुँदै छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर