काठमाडौ, ६ वैशाख । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको कार्यशेलीलाई हिटलर शैली हो जुन पतन भएर जाने बताउनु भएको छ ।
उहाँँले सो कुरा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले महासंघको नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा बधाई समारोहमा बताउनुभएको हो ।

आफुलाई प्रधानमन्त्री बनाउनेलाई ओलीले धोका दिएको वताउँदे भजनमण्डलीबाट गरिएका प्रचार अन्ततः परास्त हुने भन्नुभयो ।
उहाँले संसद्ले राम्रो भूमिका निर्वाह गर्दै गर्दा पनि आफ्नो समर्थनमा नभएपछि त्यसलाई विघटन गर्ने प्रधानमन्त्री ओलीले आफूले दिएको आदेश पालना नहुँदा पार्टीलाई नै भत्काइदिने विध्वंसकारी प्रवृत्ति देखाएको आरोप लगाउनुभयो ।
उहाँले आफूले कुनै व्यक्तिको विरोध भन्दापनि गलत प्रवृत्तिको विरोध गरिरहेको दाबी गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर