काठमाडौं ४ बैशाख । प्रधानमन्त्री खड्गप्रसाद ओलीले बोलाउनु भएको सर्वदलीय बैठकमा विभिन्न विषयमा छलफल भई सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले कोरोना महामारीको रोकथाम तथा नियन्त्रण र लकडाउन गर्ने नगर्ने, रिक्त रहेको स्थानमा उपनिर्वाचन र उपसभामुखको पनि निर्वाचन गर्नुपर्ने र एमसिसिका विषयमा छलफल भएको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वताउनुभएको छ ।
बैठकमा प्रधानमन्त्री ओलीले सभामुखले सरकारलाई संसदमा काम गर्न नदिएको गुनासो गर्नुभएको थियो । त्यसपछि काँग्रेस लगायतका दलले संसदमा अड्काएर राखिएका एमसिसि लगायतका विधेयकका विषयमा भन्दै त्यसलाई निर्णयार्थ पेश गरिनुपर्ने धारणा राखेका थिए ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका माधव नेपाल–झलनाथ खनाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको उपस्थिति थिएन ।
पार्टीलाई बैठकबारे आधिकारिक अनुरोध नआएको बताएकोले बैठकमा अनुपस्थित रहेको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनु भयो ।
बैठकमा काँग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण सहभागी थिए भने आधिकारिक रुपमा नबोलाइएको भनिएपनि जसपाबाट महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण, राप्रपाबाट प्रकाशचन्द्र लोहनीका साथै नेमकिपाका नेता प्रेम सुवाल सहभागी हुनुहुन्थ्यो ।