काठमाडौं, १० माघ । गैरकानूनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमाथि यसअघि भ्रष्टाचारमुद्दा दायर भइसकेको सोही क्रममा उनीहरुमाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरी समेत परेको थियो । उनीहरुलाई पटकपटक बोलाइएको र नआएपछि उनीहरुमाथि निगरानी बढाइएको अख्तियार स्रोतले जनाएको छ ।

दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराइने वुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर