बेइजिङ, ३१ चैत । चीनले ताइवानको आकासमा अहिलेसम्मकै सबैभन्दा धेरै एकैपटक २५ वटा युद्ध विमान पठाएको छ ।
ताइवानको रक्षा मन्त्रालयले सोमबार लडाकु र परमाणु सक्षम बमवर्षक सहित २५ वटा चिनियाँ विमान आफ्नो वायु रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको जनाएको छ ।
तर ताइवानले निगरानी तथा प्रतिरक्षाका लागि लडाकु विमान तैनाथ गरेको जनाएको छ ।
चीनले यसअघि पनि ताइवानको आकासमा यसै गरी युद्ध विमान पठाउने गरेको थियो ।
ताइवानलाई आफ्नो हिस्सा मान्दैआएको चीन सरकारले पटक पटक निगरानी तथा क्षेत्रीय रक्षाका लागि भन्दै विमान पठाउने गरेको छ ।
तर ताइवानले आफूलाई सार्वभौम राष्ट्रका रूपमा चिनियाँ गतिविधिको विरोध गर्ने गरेको छ ।
यसवाहेक अमेरिकाले पनि ताइवानमा हुने गरेका चिनियाँ गतिविधिको विरोध गर्दैआएको छ ।
ताइवानको दक्षिणी भाग र दक्षिण चीन सागरको बीचको अन्तर्राष्ट्रिय जल क्षेत्रलाई लिएर चीन र अमेरिकाबीच पछिल्लो समय चर्को विवाद हुँदैआएको छ ।
जहाँ चीनले नियमित जस्तै विमान उडाउने गरेको छ । एजेन्सी
