काठमाण्डौँ, ११ असार । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा प्रदीप ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ । पदमा वहाल रहँदा निजले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालत काठमाडौँमा आज यो मुद्दा गरिएको छ ।

मुद्दा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले दर्ता गराएको हो ।

अख्तियारका  प्रवक्ता भोला दाहालका अनुसार निज ढकालविरुद्ध एक करोड ४४ लाख ११ हजार ७८१ सम्पत्ति स्रोत नखुलेको दावीसहित मुद्दा दायर गरिएको छ ।

वि.सं. २०७४ साल साउनदेखि २०७९ साल जेठ ३० गतेसम्म कोषको सदस्य सचिव रहेका डा ढकालले पदीय दुरुपयोग गरी अस्वभाविकरुपमा सम्पत्ति आर्जन गरेको भन्ने उजुरीका आधारमा छानविन गर्दा गैर कानूनीरुपमा सम्पत्ति आर्जन गरेको देखिएकाले विशेष अदालतमा मुद्दा दायर गरेको आयोगद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर