जनकपुरधाम, १६ जेठ । महोत्तरी गाउँपालिका २, महोत्तरी बजारस्थित एनएमबी बैंकको शाखामा आज दिउसै एक समूहले मध्यान्ह १२ बजे लुटपाट गरेको प्रहरीले जनाएको छ।
बैंकमा प्रवेश गरेका हतियारधारी चारजनाको समूहले काउन्टरमा पेस्तोल देखाएर ३८ लाख रुपैयाँ लुटेर फरार भएको डिएसपी दिलीप कुमार गिरिले जानकारी दिनुभयो । उनीहरुले मास्क लगाएका थिए । तिनीहरु मोटरसाइकलमा भागेका थिए । फरार उनीहरूलाई अहिले प्रहरीले खोजी रहेको छ।
