काठमडौ, ८ जेठ । प्रहरीले नक्कली भूटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयलाई आज बुझाएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता अच्युतमणि नेउपानेले काठमाडौं जिल्ला प्रहरी कार्यालयबाट प्रतिवेदन प्राप्त भएको बतादै उहाँले सो प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा अध्ययन गरिने उल्लेख गर्नुभयो ।

उहाले ‘नक्कली भूटानी शरणार्थी प्रकरण प्रहरीले अनुसन्धान सकेर मुद्दा हामीसँग आएको छ। प्रहरी अनुसन्धानमा के देखियो, आधार प्रमाणहरु के हुन्। को–को बिरुद्ध मुद्दा चल्ने वा नचल्ने अवस्था हो। कस्तो अपराध हो। कति कसुर वा विगोको माग दाबी कति हो भन्ने पछिका कुरा हुन्। हामी शुरुवातमा मुद्दाको अनुसन्धानको मिसिङ छ। यो विश्लेषण गर्छौं। आधार प्रमाणहरु हेर्छौं। यो आधारमा हामी निर्णय गर्छौं। हामीले भर्खरै प्रतिवेदन प्राप्त गरेका छौं। अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौं। पक्राउ परेकाहरुलाई ठगि र संगठित अपराध र राज्य बिरुद्धको अपराधको मुद्दा लाग्ने सम्भावना रहेको छ।’भन्नुभएको छ ।

नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निस्कर्ष प्रहरीले निकालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर