काठमाण्डौं, २७ बैशाख ।प्रहरीले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई पक्राउ गरेको छ । निजलाई नेपालीलाई नक्कली भुटानी शरणार्थीको निस्सा बनाएर अमेरिका पाठाउने  काममा संलग्नता रहेको आरोपमा अनुसन्धानको लागि  पक्राउ गरिएको हो ।

प्रहरीले पूर्व गृहमन्त्री खाँड र उनका निजी सचिव नरेन्द्र केसीलाई आज बुधबार बिहान निजहरुको निवासबाटै पक्राउ गरेको हो ।

पक्राउ गरिएका पूर्व गृहमन्त्री खाँडलाई महानगरीय प्रहरी परिसर, टेकु लगिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा यसअघि पक्राउमा परेका पूर्गृवह सचिव टेकनारायण पाण्डेले बयानका क्रममा  खाँणको नाम लिएका थिए । आफू गृहमन्त्री रहाँदा खाँडले पाण्डेलाई रोजेर गृह सचिव बनाएका थिए ।

यसै सन्दर्भमा खाँडकी श्रीमती मञ्जु खाँड र कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो संवाद  सार्वजनिक भएको छ ।

यो प्रकरणमा यसअघि पक्राउ गरिएकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् ।

खाँडले यसअघि विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफूमाथि भ्रामक समाचार आइरहेको भन्दै त्यसको खण्डन गरेका थिए ।

यही प्रकरणमा पक्राउ पूर्जी जारी गरिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी फरार रहेका छन् ।उनलाई प्रहरीले व्यापकरुपमा खोजी गर्दैछ  ।

प्रतिक्रिया

सम्बन्धित खवर