काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्रीका रुपमा आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।
वैशाख १० गते हुने उपचुनावपछि मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएपनि नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच शनिबार भएको सहमती अनुुसार उहाँलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको वुझिएको छ ।
प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणको आवश्यक तयारीका सन्दर्भमा सो सहमती भएको हो । उहाँको शपथ आज दिउँसो ३ बजे हुने भएको छ ।