काठमाडौ, २८ चैत । नेपालगञ्जमा एके ४७ हतियार प्रदर्शन गरेको भिडिओ बाहिरिएपछि प्रहरीले चक्रे मिलन समूहका गणेशबहादुर बोगटीलाई सोमबार राति पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरका अनुसार चक्रे मिलनसहित केही युवाहरू होटलबाट बाहिरिँदै गरेको र तीमध्ये बोगटीले बन्दुक बोकेका थिए।
उनलाई त्यसरी बन्दुक बोकेको भिडिओ सामाजिक सञ्जाल टिकटकमा राखेको प्रहरीले जनाएको छ । भिडिओ आइतबारको थियो।

एसपी राठौरका अनुसार उक्त बन्दुकके लाइसेन्स बोगटीकै नाममा रहेको छ। तर त्यसरी खुला रूपमा प्रदर्शन गर्दै हिँड्न नमिल्ने पनि उहाँले बताउनुभयो ।

बोगटीमाथि कुन मुद्दामा अनुसन्धान अघि बढाउने भन्ने विषयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको एसपी राठौरले बताउनुभयो ।

बोगटीमाथि हातहतियार तथा खरखजना मुद्दामा वा अभद्र व्यवहारको मुद्दा चलाउने तयारी रहेको उहाँले बताउनुभयो ।

चक्रे मिलन नेकपा एमालेमा छन् । उनी युवा संघको महाधिवेशनमा भाग लिन नेपालगञ्ज पुगेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर