काठमाडौँ, १३ चैत ।  नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले संसद्मा पार्टीको भूमिकालाई एकताबद्ध र प्रभावकारी बनाउने निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा आशन्न बजेट तर्जुमाका क्रममा सांसदहरुका सुझाव र प्रस्तावित योजनालाई विधिसम्मतरुपमा प्रस्तुत गर्न आग्रह गरिएको छ ।

आजको बैठकमा गत बैठकमा अनुपस्थित रहेका र पार्टीका गतिविधिमा सार्वजनिक असन्तुष्टि व्यक्त गर्दै आएका वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरु पनि सहभागी हुनुभएको थियो ।माधवकुमार नेपाल र भीमबहादुर रावल भने बैठकमा अनुपस्थित हुनुभयो ।

सो दलका प्रमुख सचेतक विशाल भट्टराईले बैठकमा दलका नेता एवं प्रधानमन्त्री ओलीले नेताहरु माधवकुमार नेपाल र भीमबहादुर रावलबाट प्रस्तुत गरिएका स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको र कारबाहीको भागिदार हुने जनाउनुभएको बताउनुभयो । एमालेका चार नेतालाई स्पष्टीकरण सोधिएकामा सुरेन्द्र पाण्डे र घनश्याम भुसालबाट स्पष्टीकरण आउन बाँकी छ । आजको बैठकमा नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्णराज विष्टलगायतले पार्टीलाई एकताबद्ध बनाउने गरी अघि बढ्न अध्यक्ष ओलीलाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर