काठमाडौँ, १३ चैत्र । जनता समाजवादी पार्टी (जसपा) नेपाल केपी शर्मा ओली नेतृत्वको सकारमा नजाने भएको छ ।
सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले आज बुटवलमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा सो वताउनुभएको हो । उहाँले आफ्नो पार्टी कुनै पनि हालतमा ओली नेतृत्वको सरकारमा सहभागि हुने छैन स्पष्ट पार्नु भएको छ ।

अध्यक्ष यादवले ओलीसँगको वार्ता रेशम चौधरीसहितका नेताहरूको रिहाइ तथा संविधान संशोधनका विषयमा भएको हो तर ओली नेतृत्वको सरकारमा जाने सहमती नभएको जनाउनुभएको छ ।

उहाँले ओली सरकार संघीयता, गणतन्त्र र समावेशिता विरोधी तथा प्रतिगमनकारी भएको आरोप पनि लगाउनभयो ।
प्रधानमन्त्री ओलीका कारण देशमा राजनीतिक अस्थिरता तथा अन्योलताको स्थिति सिर्जना भएको दाबी गर्दै सञ्चारकर्मी समक्ष उहाँले भन्नुभयो, सरकारमा सहभागि भन्ने विषय केवल भ्रम भएको उल्लेख गर्नुभयो ।
उहाँले आफ्नो पार्टी सरकारमा सहभागि हुने विषयमा विभाजना नहुने भन्दै विगत समयमा विभाजन गर्नेहरुले के पाए सबैले बुझिसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर