काठमाडौँ, १३ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएको नेकपा एमालेको संसदीय दलको बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावल नजानुहुने वुझिएको छ ।
तर सो बैठकमा पार्टीका अर्का वरिष्ठ नेता झलनाथ खनाल तथा खनाल नेपाल पक्षका अन्य सांसदहरु भने सहभागी हुनुहुने भएको छ ।
खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनालसहित नेपालपक्षका सांसदहरु बालुवाटार पुगिसकेका छन् ।
बैठकमा भाग लिनुहुनेहरुमा योगेश भट्टराई, सुरेन्द्र पाण्डे र घनश्याम भुसाल लगायत रहनुभएको छ ।
सो संसदीय दलको बैठकमा खनाल नेपाल पक्षका सांसदहरुले बहिस्कार गर्ने भनिएपनि उहाँहरु निकट सांसद तथा पार्टीका केन्द्रीय सदस्यहरुको आज छुट्टै बैठकको निर्णय अनुरुप उहाँहरु जानुभएको हो ।