काठमाडौं, ९ पुस । नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन गरेको छ ।
हस्ताक्षर हिजैदेखि थालिएपनि बाँकी रहेका सांसदहरुको हस्ताक्षर गर्नका लागि औपचारिक बैठक आज मध्याह्न बालुवाटारमा बोलाइएको बुझिएको छ ।
कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद छन् ।
सरकार गठनका लागि यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोक्नुभएको छ ।
