काठमाडौं, ८ पुस । २०३२ सालमा नेपाल आएका बेला दुई जना विदेशीको हत्या आरोपमा १९ वर्षदेखि केन्द्रीय कारागारमा रहेका चार्ल्स शोभराजलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाइ निष्कासन गरिएको छ ।

गृहमन्त्रालयले उनलाई निष्कासन सहित आज साँझ फ्रान्स पठाउने तयारी गरेको छ ।

नेपालस्थित फ्रेन्च दूताबासले ट्राभल डकुमेन्ट बनाइदिएपछि उनलाई आजै पठाउने निर्णय गरिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको बुधवारको संयुक्त इजलासले शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नो देश फर्काउन आदेश दिएको थियो ।

उनलाई अहिले कागजी प्रक्रियाका लागि अध्यागमन विभागमा राखिएको छ र सो प्रक्रिया पूरा भएपछि त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट निस्कासन गरिेने छ ।

शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएको हो। उनलाई सन् २००३ मा कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरी जिल्ला अदालत भक्तपुरले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो।

कारागार नियमावली अनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधामा अन्याय भएको दाबीसहित शोभराजले २०७५ मंसिर २५ गते बन्दीप्रत्यक्षीकरण रिट दिएका थिए। उनले आफूले ७० वर्ष नाघेकाले बाँकी सजाय छुट पाउनुपर्ने माग गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर