काठमाडौँ, ७ चैत । नेकपा (एमाले)को संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः३० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो ।

संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यहि चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।

यसैगरी केन्द्रीय कमिटी बैठकले महाविधेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताउनुभयो । एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ ।

ओलीले एक पक्षीय रुपमा बैठक बोलाएर फागुन २८ मा विधान विपरितको निर्णय गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल समूहले विरोध गर्दै आएको छ भने आजको केन्द्रीय समिति बैठक पनि बहिस्कार गर्ने निर्णय गरिसकेको छ ।

माधब नेपाल समूहले फागुन २८ को पदाधिकारी हटाउने र हेरफेरगर्ने निर्णय खारेज गर्नु पर्ने पहिलो सर्त बताएको छ । तर ओली  आफ्नो निर्णयमा पुनर्बिचार गर्ने पक्षमा देखिनुहुन्न । दुबै पक्ष आ आफ्नै अडानमा छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर