काठमाण्डौं, २२ असोज । नेपाली काँग्रेसले प्रतिनिधि सभाको आगामी निर्वाचनमा  प्रदेश १ बाट १८ निर्वाचान क्षेत्रमा उम्मेदवार खडा गर्ने भएको छ ।

सो प्रदेशबाट प्रितिनिधि सभा सदस्यको लागि २८ वटा  निर्वाचन क्षेत्र कायम गरिएको छ ।

सत्ता गठबन्धनको हिजो राति बसेको बैठकले तय गरे अनुसार सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रले आठ र नेकपा समाजवादीले दुई सिटमा चित्त बुझाएका छन् ।

काँग्रेसले त्यस प्रदेशको यौटा निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा पाँचथर, संखुवासभा, तेह्रथुम, धनकुटा र ओखलढुंगा लिएको छ । त्यसैगरी दुइटा निर्वाचन क्षेत्र रहेको जिल्ला इलाम र उदयुरबाट १/१ सिट लिएको छ । इलामको निर्वाचन क्षेत्र २ र उदयपुरको क्षेत्र १ काँग्रेसले लिएको हो ।

इलामको क्षेत्र १ र उदयपुरको क्षेत्र नं २ नेकपा समाजवादीले लिएको छ ।

झापाको पाँच सिटमा काँग्रेसले क्षेत्र नं १, ३, ४ र ५ लिएको छ भने त्यहाँको क्षेत्र नं ४ माओवादी केन्द्रलाई छोडेको छ ।

मोरङका छ सिटमा १, २, ३ र ६ गरी चारबटा क्षेत्र काँग्रेसले पाएको छ भने त्यस जिल्लाका बाँकी क्षेत्र ४ र ५ माओवादीले लिएको छ ।

सुनसरीका चार सिटमा काँग्रेसले तीनबटा क्षेत्र लिएको छ । त्यहाँ काँग्रेसको भागमा क्षेत्र नं २, ३ र ४ परेको छ भने क्षेत्र नं १ माओवादीले लिएको छ ।

गठबन्धनको निर्णय अनुसार एकल निर्वाचन क्षेत्र रहेका अन्य चारवटा जिल्ला खोटाङ, सोलुखुम्बु, भोजपुर र ताप्लेजुङ मओवादीको भागमा परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर