काठमाण्डौं, २२ असोज । सत्तासिन दलहरुको गठबन्धनले प्रतिनिधि सभाको आउँदो निर्वाचनको लागि सिट बाँडफाँटको टुंगो लगाएको छ । हिजो शुक्रबार अबेर रातिसम्म बसेको सो गठबन्धनको बैठकले गरेको सिट बाँडफाँड अनुसार नेकपा माओवादी केन्द्रले ४५, नेकपा एकीकृत समाजवादीले २० र राष्ट्रिय जनमोर्चाले २ सिट लिएका छन् ।
काँग्रेसले ८६ सिट आफ्नो भागमा सुनिश्चित गरेको छ ।
यसबीच जनता समाजवादी पार्टी जसपाले सत्ता गठबन्धन त्याग गरेको छ । उसले नेकपा एमालेसित चुनावी साँठगाँठ गरेको छ । सत्ता ठबन्धनबाट जसपा बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा ) नेपालले सत्ता गठबन्धनसित चुनावी तालमेल गर्ने भएको छ ।
हिजोको टुंगो अनुसार नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी र राष्ट्रिय जनमोर्चाले लिएका सिट बाहेक अन्य ९८ सिटमध्ये काँग्रेस ८६ सिट काँग्रेको भागमा परेको छ । बाँकी १२ सिट गठबन्धनले खाली छोडेर त्यसबाट लोसपालाई चित्त् बुझाउने जिम्मा काँग्रेसलाई दिएको छ ।
अब काँग्रेस र जसपाका नेता बसेर ती १२ सिटको निर्णय गर्ने छन् । यसमा लोसपाले १२ सिटमा चित्त बुझाएमा काँग्रेसको ८६ सिट पक्का हुनेछ । यता काँग्रेस भने लोसपालाई ८/१० सिटमा राजी गराएर २/४ सिट आफ्नो भागमा पार्ने दाउमा छ । उता लोसमा भने काँग्रेसको भागमा परेको ३ सिट तानेर आफूले १५ सिट पाउनु पर्ने अडानमा बसेको छ ।
प्रतिनिधि सभा निर्वाचानको लागि आगामी मंसिर ४ गते मतदानको कार्यक्रम छ ।
