काठमाडौँ, ५ चैत । जनता समाजवादी पार्टी (जसपा) को ललितपुरको बालकुमारीस्थित पार्टी मुख्यालयमा आज बोलाइएको पदाधिकारी बैठक विना निष्कर्ष टुंगिएको छ ।
यसैगरी आजैका लागि बोलाइएको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि स्थगन भएको छ ।
समितिको बैठकको तयारीस्वरुप बिहान भएको पदाधिकारी बैठकले आवश्यक तयारी नपुगेको जनाउँदै बैठक स्थगन गरेको थियो ।
मध्याह्नका लागि तय गरिएको समितिको बैठक अनिश्चितकालका लागि स्थगन भएको जसपाका नेता केशव झाले जानकारी दिनुभयो ।
बैठक बस्नुअघि पदाधिकारीबीच छलफल भए पनि थप तयारी गर्नुपर्ने देखिएको जनाइएको छ ।