काठमाडौँ, ४ चैत । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहव्दारा दुईदिने राष्ट्रिय कार्यकर्ता भेला गरिएको छ ।
वरिष्ठ नेता खनालको अध्यक्षता र अर्का नेता नेपालको विशेष आतिथ्यमा भएको भेलामा मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, कमल कोइराला,भीम रावल, अष्टलक्ष्मी शाक्य र गोकर्ण विष्टलगायत करिव २ हजार नेता र कार्यकर्ताहरुको सहभागिता छ ।
गत फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको ओली गुटको भेलाले थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै विभाजनतर्फ धकेलेको निष्कर्ष निकाल्दै खनाल–नेपाल समूहले त्यसको वस्तुस्थिति कार्यकर्तामाझ पुर्‍याउन भेला आयोजना गरेको बताइएको छ ।

भेलामा ओली नेतृत्वको एमाले हुँदा भएका कमीकमजोरी र अबको बाटो कस्तो हुने भनेर अवधारणापत्र प्रस्तुत गरी सो माथि छलफल गरिने जनाइएको छ ।
सचिव योगेश भट्टराईका अनुसार भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटीका सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसद, पूर्वसांसद, जिल्ला कमिटीका पदाधिकारी, सम्पर्क कमिटी र मञ्चका सदस्य, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिव, जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जनसंगठन तथा पेसागत संगठनका केन्द्रीय सचिवालयका सदस्यका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी सहभागी हुने छन्  ।

उक्त भेलामा नजान पार्टीका नेता कार्यकर्तालाई निर्देशन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले भेलामा गए कारवाही गर्ने समेत जनाउनुभएको थियो ।

अध्यक्ष ओलीले फागुन २८ एकपक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर