काठमाडौं, १५ भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि संसदमा गरिएको महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय भएको बताउनुभएको छ ।
महाअभियोग सिफारिस समितिमा आज बयान दिदै जबराले सो वताउनुभएको हो ।
उहाँले आफू संसदको सम्मानका लागि मात्र आएको बताउदै उहाँले महाअभियोग प्रस्तावमा संसदले संविधान र संसद नियमावली पालना नगरेको टिप्पणी गर्नुभयो ।
‘यस्तो गम्भीर विषयमा संविधान र नियमावली पालना हुनुपर्ने भन्दै उहाँले ‘यो प्रस्ताव निष्क्रिय भइसकेको छ’ भन्नुभयो ।
जबराले एक प्रश्नको जवाफ दिदै आफूले नियम कानुन र संवैधानिक अधिकार भन्दा बाहिर गएर काम नगरेको दावी गर्नुभयो ।
संवैधानिक रुपमा जिम्मेवारी निर्वाह गर्दा दलहरूबाट प्रश्न उठाएर न्यायलयलाई कमजोर बनाउने काम भएको आरोप पनि उहाँले जवाफ दिने क्रममा बताउनुभयो ।
