काठमाडौं, १२ भदौ । नेकपा (क्रान्तिकारी माओवादी) ले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

पार्टीको भदौ १० देखि १२ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।

पार्टीका महासचिव मोहन बैद्य किरणले एक विज्ञप्ति जारी गदैं पार्टीले निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने नीति अवलम्बन गरेको जनाउनुभएको छ ।

वर्तमान गठबन्धन सरकारले भारतीय विस्तारवादसित गरिएका तमाम असमान सन्धि सम्झौताहरुलाई निरन्तरता दिँदै आएको (क्रान्तिकारी माओवादी)ले जनाएको छ ।

बललबउगचलब उयकत

प्रतिक्रिया

सम्बन्धित खवर